Connect with us
Kapilvast Forest

कपिलवस्तुकी रायमाझी “मिसेस नेपाल वल्र्ड–२०२३” मा प्रतिस्पर्धा गर्दैँ

२०८०, ३ कार्तिक शुक्रबारमा प्रकाशित

मिसेस नेपाल वल्र्ड २०२३ को फाईनलमा २३ जना छानिएका छन् । कपिलवस्तु शिवराज नगरपालिका वडा १० सितलापुर घर भई हाल काठमाण्डौ बस्दै आएकी रेखा सिंह रायमाझी प्रतिस्पर्धाको टप २३ मा छानिएका हुन । रायमाझी टप २३ मा छानिएपछी कपिलवस्तुवासी खुसी भएका छन । छनोट भएपछी नेपाली महिलाहरुको सेवा तथा सुत्केरी अवस्थामा हुने मनसिक समस्या समाधान गर्ने उदेश्यले सहभागी भएको बताउनु भयो । उनी १५ नम्बरको सहभागी भएको बताउनुभयो ।
अडिसनबाट मिसेस नेपाल वल्र्डमा ३० जना चयन भएकोमा ती मध्यबाट फाईलनका लागि २३ जना चयन भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले शनिबार उत्कृष्ट २३ जना प्रतिस्पर्धीलाई सार्वजनिक गर्दै उनीहरुलाई विभिन्न प्रशिक्षणमा उतारेको छ ।
मिसेस नेपाल वल्र्ड २०२३ को उत्कृष्ट २३ भित्र छानिएका अन्तिम प्रतिस्पर्धीहरुलाई एक समारोहमा कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । समारोहमा उनीहरुले आफुलाई मञ्चमा प्रस्तुत गर्दै अतिथिको अगाडि परिचय समेत दिएका थिए । प्रतिष्पर्धीहरुको आफ्नो परिचयसँगै यो प्रतियोगितामा भाग लिनुको उद्देश्य समेत प्रकाश पारेका थिए ।

यो प्रतियोगितामा उत्कृष्ट २३ भित्र पर्ने प्रतियोगीहरुमा रायमाझी सगंै आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीमाया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह रहेका छन् । यस्तै, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा पनि ग्रान्ड फिनालेका लागि उत्कृष्ट २३ जना भित्र परेका छन् । ।

आयोजक संस्थाका अध्यक्ष निशा कान्ता झाका अनुसार यी फाईनल प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै कात्तिक २ गते राजधानीमा सम्पन्न हुने फिनालेमा ताजका लागि प्रतिष्पर्धा गर्नेछन् । उत्कृष्ट २३ प्रतिष्पर्धीहरु अब ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन् । फिनालेमा कोरियोग्राफर अश्विनी कान्त झाले कोरियोग्राफी गर्नेछन् ।

‘मिसेस नेपाल वल्र्ड–२०२३’का बिजेताले यही डिसेम्बरमा अमेरिकामा हुने ‘मिसेस वल्र्ड–२०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन । सोही समारोहमा ‘मिसेस नेपाल वल्र्ड–२०२३’का अन्य सवटाइटल बिजेताहरुको पनि घोषणा गरिने छ । फाईनलमा ‘मिसेस वल्र्ड–२०२२’का बिजेता सरगम कैशलको पनि उपस्थिति रहने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu