Connect with us
Kapilvast Forest

एमालेको एकल सरकार बनाउँछौँ : अध्यक्ष ओली

२०८०, १३ कार्तिक सोमबारमा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताउनुभएको छ ।

एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्न पोखरा आउनुभएका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनका कारण देश बर्वादीको दिशामा गएको दाबी गर्दै त्यसलाई रोक्न एमालेको नेतृत्व आवश्यक हुने बताउनुभयो ।

अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा आफ्नो लगानी भएको भन्ने हल्ला मिथ्या भएको जनाउँदै त्यसलाई प्रमाणित गर्न चुनौती दिनुभयो । “कम्बोडियामा गएर बुझेर मेरो तीन हजार करोड लगानी भएको प्रमाणित गरिदिए त्यो सेयर उहाँलाई नै दिन्छु, बक्सिस एक हजार पनि थपेर दिन्छु” उहाँले भन्नुभयो ।

गण्डकीमा दुई प्यानल बनाएर एमालेको प्रदेश अधिवेशनमा चुनाव हुँदा बाहिर केही टिप्पणी भएको जनाउँदै उहाँले आन्तरिक एकताले मात्र समृद्धिको यात्रा सहज हुने जनाउनुभयो ।

अध्यक्ष ओली सहभागी हुने कार्यक्रमलाई एमाले गण्डकीले विशेष समारोहको नाम दिएको छ । समारोहलाई एमाले नेताहरु रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्टलगायतका नेताले सम्बोधन गर्नुभयो ।

असोजको तेस्रो हप्ता भएको एमाले गण्डकीको प्रथम अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओली खराब मौसमका कारणका उपस्थित हुन सक्नुभएको थिएन । अधिवेशनले म्याग्दीका नवराज शर्माको अध्यक्षतामा एक सय ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu