Connect with us
Kapilvast Forest

सरकार र उखु किसानबिचको सहमति उल्लङ्घन ,तीन महिना बित्यो माग यथावत्

२०८०, २३ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु-
सरकार र कपिलवस्तुका उखु किसानबिच गत जेठ १७ गते सहमति भयो । उखु किसानले पाउनुपर्ने रकम साउन भित्र दिने गरे भएको सहमतिको तीन महिना बितिसक्दा पनि कार्यान्वयन गर्न नसकेको भन्दै किसानहरू पुनः आन्दोलित भएका छन् । बुधवार इलाका प्रशासन कार्यालय चन्दौटामा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छन् ।
सरकार सचिव डा गोविन्द प्रसाद शर्माको सयोजक्तवमा भएको वार्ता टोली सँग भएको सहमति कार्यान्वयन नहुँदा पुन आन्दोलित भएको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । छठ पर्व सम्म पनि कार्यान्वयन नभए कडा आन्दोलन गरिने उनले बताए ।
शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको पटक पटक ध्यानाकर्षण गराएको उनले बताए । आठ हजार बढी कृषकहरूले करिब दुई करोड ५० लाख रुपियाँ नपाएको किसान सङ्घका अध्यक्ष चौधरीले बताए ।
सरकारले प्रति क्विन्टल उखुको मूल्य चार सय ६१ रुपियाँ निर्धारण गरेको थियो । तर मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले चार सय ३६ रुपियाँ भुक्तानी गरेका थिए । बाँकी रहेको २५ रुपैयाँ अनुदान स्वरूप केन्द्र सरकारबाट पाउने सम्झौता भएको चौधरीको दाबी रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu