Connect with us
Kapilvast Forest

चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स

२०८०, २८ मंसिर बिहीबारमा प्रकाशित

चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको वित्तीय प्रतिवेदन अनुसार गत वर्षको सोही समयको तुलनामा यस वर्ष २६.४ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो । समीक्षा अवधिको चार महिनामा अमेरिकी डलरमा २३.१ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ ) लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu