Connect with us
Kapilvast Forest

दाङको कालाकाटेमा ६४ पोइन्ट रगत संकलन

२०८०, १६ पुष सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-

दाङ देउखुरीमा रहेको सब डिभिजन वन कार्यालय कालाकाटेमा ६४ पोइन्ट रगत संकलन भएको छ ।  कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले रक्तदान महादान भएकाले आयोजकलाई धन्यवाद दिनुभयो । हाम्रो समाजमा अझै पनि रगत दान प्रति नकारात्मक धारण रहेकाले यस प्रति सचेत हुनु आवश्यक रहेको प्रदेशसभा सदस्य बनियाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेश गृहमन्त्रालयका सचिव लाल बाबु कवारीले रक्तदान जस्तो पवित्रा दान कार्यमा आफु सरिक हुन पाउदा खुशी व्यक्त गर्नुभयो । सचिव कवारीले भन्नुभयो “रगत दिए हाम्रो स्वस्थ्य राम्रो हन्छ। प्रत्यक तिन महिनामा रगत दिनुपर्छ ।”

कार्यक्रममा सशस्त्र प्रहरी भालुवाङका प्रहरी उपरिक्षक गोपाल बहादुर श्रेष्ठले रक्तदान कार्यक्रमले समाजमा राम्रो प्रभाव पारेको बताउनुभयो । उहाले भन्नुभयो े “रगत अभावले गर्दा कसैको पनि ज्यान नजाओस समयमा रगत उपलब्ध हुन सकोस ।”

डिभिजन वन कार्यालय लमही दाङका डिभिजनल वन प्रमुख राजु क्षेत्रीले वन कार्यालयले वन संरक्षणसगै समाजिक उत्तरदायित्व सहितको कार्य गर्दै आएको बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्रा, जनता समाजवादी पार्टी कपिलवस्तुका उपाध्यक्ष इरफान खाँको समेत सहभागिता रहेको थियो ।

सब डिभिजन वन कार्यालय कालाकाटेको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा त्यस क्षेत्रका वनका कर्मचारी, समुदायिक बनका पदाधिकारी, सुरक्षाकर्मी, स्थानियले रक्तदान गर्नुको सब डिभिजन वन कार्यालय कालाकाटेका वन अधिकृत एजाज अन्सारीले जानकारी दिनुभयो ।

रक्त सञ्चार इकाइ भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu