Connect with us
Kapilvast Forest

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

२०८०, १९ माघ शुक्रबारमा प्रकाशित

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको हाे ।

मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक मध्याह्न १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ । सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो । यो समयमा काम नसकिए पछि माघ २० सम्मलाई समय थपिएको थियो । तर काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो । पुन थप भएको समय अनुसार फागनु १२ गतेसम्म दिउसाेको समयमा सडक बन्द हुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu