Connect with us
Kapilvast Forest

रुपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट

२०८०, १९ माघ शुक्रबारमा प्रकाशित

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन । रुपन्देहीको देवदह–१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट आम नागरिकको सेवा, अपराध अनुसन्धान, शान्ति सुरक्षा र विकासको सवालमा प्रहरीको सक्रियतामा आम नागरिकको सहयोगको आधारले विकास निर्भर रहने बताए ।

प्रहरीले सेवा प्रभावित गर्दा समुदायसँगको सहकार्य समुदाय प्रतिको विश्वास र प्रगाढपन पछिल्लो पटक देखिएको आम नागरिक प्रति देखिदै गएको नैरस्यापन, नकारात्मक सोचलाई अझ कम कसरी गर्न सकिन्छ भन्ने तिर यहाँको प्रहरी लक्षित हुन जरुरी रहेको बताए । स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताए ।

नेपाल प्रहरी प्रधान कार्यालयले १० महिना अगाडि अस्थायी प्रहरी पोस्टको रुपमा स्वीकृत भई गरी बैशाख १९ गतेबाट भाडाको घरमा बसोबास गरी सेवा प्रवाह गर्दै आएको थियो । खैरेनी र धकधई करिब २० किलोमिटरको दुरीमा प्रहरी युनिट नभएकोले सुरक्षा युनिट आवश्यकताको महसुस गरी देवदह नगरपालिकाको नियमित बजेट १८ लाख र स्थानीय जनसमुदायको सहयोगमा आफ्नै ५ कोठे भवन सहितको अस्थायी प्रहरी पोस्ट उद्द्दाटन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले भने ।

रुपन्देही प्रहरीले यसै बर्षमा रुपन्देहीका तीन ठाँउमा प्रहरी युनिट स्थापना गरेको छ । जिल्लाको सियारी गाउँपालिका अन्र्तगत छपिया, सैनामैना नगरपालिका अन्तर्गतत रामापुरमा र देवदह नगरपालिकाको ढेकावरमा प्रहरी चौकीहरु स्थापना गरेसँगै रुपन्देहीमा नेपाल प्रहरीका ८४ वटा युनिट भएका छन । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माको अध्यक्षता प्रहरी निरिक्षक दिपेन्द्र बानियाको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख बिद्या लक्ष्मी गुरुङ्ग, रुपन्देहीका सहायक प्रमुख जिल्ला अपिपधकारी ध्रुव बहादुर कुंवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले बोलेका थि

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu