सरकारमा रास्वपाबाट चार मन्त्री

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।
बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो ।
नयाँ सरकारमा रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन् ।
सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मा दिईएकाे छ ।
रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

