कपिलवस्तुमा विश्व उपभोक्ता अधिकार दिवस सम्पन्न
कमल बिस्ट-
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा विश्व उपभोक्ता अधिकार दिवस कपिलवस्तुको शिवराज १ शिवपुरमा सम्पन्न भएको छ । दिवसका अवसरमा हाट बजार एवम् पसल, उद्योगको नियमित अनुगमन परीक्षण, साथै कमजोरी गर्नेलाई कारवाहीको दायरामा ल्याउन सके मात्र उपभोक्ताले गुणस्तरीय खाद्यान्न एवम सामान उपभोग गर्ने पाउने धारणा राख्दै उपभोक्ताहरूमा सचेतना फैलाउन नसक्दा उपभोक्ताहरू अधिकार बाट बन्चित हुन पुगेको वक्ता हरूको जिकिर गरे ।
कार्यक्रमका प्रमुख अतिथि अर्जुनकुमार केसीले खाद्य पदार्थमा गुणस्तरहिन उत्पादन र विक्रीवितरण गर्नेहरू माथि कारवाहीका लागि राज्य निर्मम हुनुपर्ने धारणा राख्नुभयो, त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेमबहादुर गौतमले उपभोक्ताहरूका लागि यस्ता दिवसहरूले आफ्नो अधिकार प्रति सजक गराउन भूमिका खेल्ने धारणा राख्नुभयो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेमबहादुर गौतमको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल, खाद्य तथा गुण नियन्त्रण कार्यालय प्रमुख रमेश दाहाल लगायत अधिकारकर्मीहरूको आतिथ्यता रहेको थियो ।