Connect with us
Kapilvast Forest

सामाजिक सुरक्षा कोष लाभबारे जनतालाई बुझाउन श्रममन्त्रीको निर्देशन

२०८०, २ चैत्र शुक्रबारमा प्रकाशित

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषका लाभबारे जनतालाई बुझाउन व्यापक प्रचार प्रसार आवशयक रहेको बताएका छन् । यसमा काम गर्न उनले कोषलाई निर्देशन समेत दिएका छन् ।

कोषलाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्न समेत उनले निर्देशन दिए । शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै उनले यस्तो निर्देशन दिए ।

कोषका कर्मचारीसँग छलफल गर्दै मन्त्री अर्यालले कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिए ।

‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गरौ,’ उनले भने । कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत उनले बताए ।

‘कामका गर्न तपाईंहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ । तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ उनले भने ।

मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा व्यापक प्रचार प्रसार गर्न निर्देशन दिएका हुन् । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको भन्दै उनले सचेतना जगाउनु पर्ने बताए ।

‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न, टेलिभिजन हेर्न सक्दैनन् । त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै जनतामा पुग्छ , त्यही माध्यमको प्रयोग गरी यसको बारेमा जनचेतना जगाउनु पर्छ,’ उनले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu