Connect with us
Kapilvast Forest

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८०, ३ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ ।

शुक्रबार राती देखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu