Connect with us
Kapilvast Forest

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन किन ल्याईयो भैरहवा

२०८०, ३ चैत्र शनिबारमा प्रकाशित

बुटवल। पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा ल्याइएको छ ।

काठमाडौँको टोखाबाट पक्राउ परेका पुनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा ल्याइएको हो ।

सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेकाले भैरहवा पठाइएको हो । उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu