Connect with us
Kapilvast Forest

तीनै तहको सरकार मिले लक्ष्यमा पुग्न सकिन्छ : मुख्यमन्त्री महरा

२०८१, २७ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले तीन तहको सरकार मिलेर काम गरेमा लक्ष्यमा पुग्ने बताउनु भएको छ । मुख्यमन्त्री महराले समृद्ध नेपाल निर्माणका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

 

नेपाल नगरपालिका सघं लुम्बिनी प्रदेशले चन्द्रौटा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले स्थानीय तहले प्रदेश स्तरका योजना छनोट गरी प्रदेश स्तरीय कार्यालय पठाउनुपर्ने बताउनुभयो ।

 

विकास निर्माणका कार्यफहरूमा गुणस्तरीयता र निर्धारित समयको ख्याल गरी काम गर्न स्थानीय तहलाई मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

कार्यक्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठले विकास निर्माणको सवालमा मेसिनको प्रयोग हुने संरचनामा उपभोक्ता समितिलाई जिम्मा दिन नहुने जनाउनुभयो ।

जनताको पैसा दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उहाको भनाई रहेको छ । अख्तियारले गलत काम
गर्नेलाई नछोड्ने भएकोले नियमानुसार काम गरेमा आत्तिइहाल्नु पर्ने अवस्था नरहने जिकिर गर्नुभयो ।

नेपाल नगरपालिका सघंका अध्यक्ष भीम प्रसाद ढुगंनाले बजेटघटाएफेअकोमा ७ सय ५३ स्थानीय तहले सिहदरवार घेर्ने बताउन्ु भयो ।

स्थानीय तहको एकल अधिकार माथि सघं र प्रदेशले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले स्थानीय तहका प्रमुखहरू मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा योजनाका फाइलमा बोकेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशका संयोजक खिलध्वज पन्थीले निर्वाचनमा पराजित भएका उम्मेदवारले अख्तियार प्रयोग गरी स्थानीय तहहरूलाई दुख दिने गरेकोले बेनामे उजुरी नियम अन्त्य गर्नुपर्ने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu