Connect with us
Kapilvast Forest

चुरे संरक्षणमा सबैको दायित्व आवश्यक छः वनमन्त्री केसी

२०८१, २९ बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी-
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले चुरे संरक्षण सबैको दायित्व आवश्यक भएको बताउनुभयो । चुरे संरक्षण तथा योजना निर्माण गर्दा सबैले सहयोग गर्नुपर्ने मन्त्री केसीले बताउनुभयो ।
कपिलवस्तुको चन्द्रौटामा भएको चुरे सम्बन्धि बैठक कार्यक्रममा मन्त्री केसीले कुनै एउटा व्यक्ति वा कुनै एउटा मन्त्रीले चाहेर मात्रै चुरे संरक्षण गर्न सक्दैन तसर्थ तीनै तहको सरकार लाग्नु पर्ने बताउनुभयो ।

अहिले हामीले चुरे जोगाउन सकेनौं भने आउने पुस्ताले ठूलै विपत्तिको सामाना गर्नुपर्ने बताउँनु हुँदै मन्त्री केसीले अन्नको भण्डार भनेर चिनिने तराईका खेतीयोग्य जमिन मरुभूमि बन्ने र पानी अभावलगायत थुप्रै समस्या सृजना हुने भन्नुभयो ।

उहाँले चुरे विनास तथा क्षयीकरण रोक्न चुरे क्षेत्रमा वृक्षरोपण, खहरे नियन्त्रण र तटबन्ध निर्माण जस्ता कार्य गर्न सबै सरोकारबाला निकाय एकजुट भएर लाग्नुपर्ने भन्नुभयो ।
“चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने नाराका साथ बैठक शुक्रवार सम्पन्न भएको हो ।

राष्ट्रपती चुरे तराई मधेश संरक्षण विकास समितिको आयोजनामा प्रदेश स्तरिय श्रोत परिचालन समिति र प्रदेश समन्वय समितिको संयुक्त बैठक सम्पन्न भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu