Connect with us
Kapilvast Forest

विरपुर जनकल्याण वनमा आर्थिक चलखेल, सूचना लुकाई सेटिङ्गमा ठेक्का दिने योजना

२०८१, २० जेष्ठ आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तुकाे बुद्दभूमि नगरपालिका १ मा रहेकाे विरपुर जनकल्याण सामुदायिक वनमा आर्थिक चलखेल गरि काठ लिलाम गर्ने योजना रहेकोे रहस्य खुलेको छ ।

सामुदायिक वनले केही रकमको लोभमा सुचना लुकाई
गोप्य रुपमा काठ लिलाम प्रक्रिया अघि बढाएको स्थानीयले जानकारी दिएका छन ।

काठ लिलाम लगभग अन्तिम चरणमा पुगेकाे छ ।
विरपुर जनकल्याण सामुदायिक वनको करिव २५ हजार क्यु फिट काठ लिलामकाे सूचना जेठ ४ गते नयाँ पत्रिका दैनिकमा सूचना प्रकाशन भएकाे थियो । तर सूचना प्रकाशितको बारेमा न स्थानियलाई थाहा छ, न कतै सूचना टाँस गरिएकाे छ ।

ठेक्का लिने व्यव्सायीलाई काठ लिलाम सूचनाकाे बारेमा कुनै जानकारी नै नभएको स्थानीय काठ ब्यापारीले बताए। सो सामुदायिक वनले अघिल्लाे वर्ष पनि सुचना लुकाउने प्रयास गरे पनि सामाजिक संजाल मार्फत बाट बाहिरिएकाे थियाे ।

काठ ब्यापारी यम प्रकाश थापाको समुहकाे रजगजले काठ व्यवसायीले टेण्डर हाल्न नपाएको ब्यापारीहरुको गुनासो रहेको छ ।

काठमाण्डुका श्यानु भाइ खड्कासँग मिलाेमताेमा गणपति स-मिल र उग्रतारा स-मिल श्यानु भाइ खड्का मिलाेमताे काठ खरिद भएकाे थियाे ।

करिव ८ कराेड मूल्य वराबरकाे काठ यस वर्ष पनि न्युनतम मूल्यमा खरिद हुने संभावना बढेकाे छ ।

विरपुर जनकल्याण सामुदायिक वनमा यस वर्ष पनि सुुचना लुकाएर एक समूहले काठ खरिद गर्ने प्रयास गरेकाे रहस्य खुल्न आएकाे छ ।

यम प्रकाश थापाको समुहले सस्ताेमा काठ खरिद गरि काठमाण्डु पाेखराकाे व्यव्सायीलाई महँगाे मूल्यमा बेच्न सकृय रहेकाे स्राेतले बताएकाे छ ।

कपिलवस्तु वन पैदावर तथा उद्याेग व्यवसायी संघका एक सदस्यले टेण्डरकाे म्याद सकिन १/२ दिन बाँकि रहदा हाल सम्म पनि सूचना नदेखेकाे नाम नखुलाउने सर्तमा बताए ।

सामुदायिक वनका अध्यक्ष रेशम वस्नेतकाे साेझाे पनकाे फाईदा उठाउदै उनिहरुकाे २ वर्ष देखि वनमा रजगज रहेकाे छ ।

यस वर्ष खुला टेण्डर भएका वनमा न्युनतम मूल्य भन्दा ५० देखि ८० % वढी रकम कवाेल गरि लिलाम भएका छन् । तर सेटिङ मिलाएर १० देखि १५% मूल्य वृद्दि गरि लिलाम सकार्ने प्रचलन रहेकाे छ ।

काठ लिलाम प्रक्रियाको बारेमा सब डिभिजन वन कार्यालय बडहराका सहायक वन अधिकृत पहलमान शेरबुजा मगरलाई फोन गर्दा आफुलाई कुनै जानकारी नभएको बताए ।

पत्रकारलाई होच्याउदै मगरले भने “यो सब जानकारी सामुदायिक वनमा बुझ्नुस वा डिभिजन वन कार्यालय तौलिहवा बुझ्नुस मलाई किन फोन गरेको भन्दै फोन काटे । लिलाम प्रक्रियाको बारेमा उनले रिसको झोकमा धेरै बताउनै चाहेनन ।

केही समय पछि पुन सहायक वन अधिकृत मगरलाई सम्पर्क गर्दा उनले पत्रकारको बायोडाटा समेत मागेर सामान्य जानकारी मात्र दिए ।

काठ ब्यापारी यम प्रकाश थापाले पत्रकारलाई फोन गर्दै आफुले काठ लिलाममा लिन लागेको रहस्य खोले । उनलेभने “समाचार लेखेर केही हुदैन, सब प्रक्रिया पूरा गरेको छु, यहि समाचारमा लेख्दिनुस ।”

सबैलाई मिलाएर लिलाम लिन लागेको यम प्रकाश थापाले बताउनु भयो ।

यता डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख विजय राज सुबेदीले यस विषयमा सब डिभिजन कार्यालय र विरपुर जनकल्याण सामुदायिक वनसग बुझ्ने प्रतिक्रिया दिनुभयो ।

आफ्नो क्षेत्रमा धेरै सामुदायिक वन रहेकाले कुन सामुदायिक वनमा के भैइरहेको छ सबैको जानकारी नभएको उहाले बताउनु भयो ।

विरपुर जनकल्याण सामुदायिक वनका अध्यक्ष रेशम बस्नेतले काम विशेषले आफू बाहिर रहेको बताउनु भयो । उहाले भन्नू भयो म ब्यस्त छु, वन कार्यालयको नम्बर लिनुस अनि बुझ्नुस ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu