Connect with us
Kapilvast Forest

६० किलो सुन तस्करीमा संलग्न आरोपमा १० जना एक महिनादेखि सीआईबीको हिरासतमा

२०८१, २१ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौँ – हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न आरोपमा सीआईबीले १० जनालाई पक्राउ गरेको छ । दोस्रो चरणको अनुसन्धानको क्रममा काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ सहित १० जनालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भएर ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भएर न्यूरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत घर भएर न्यूरोड बस्ने धिरज निदेश बैटे ‘दिनेश’ छन् ।

धादिङको सिद्धलेक गाउँपालिका घर भएका प्रेमनाथ सेडाईं, भक्तपुर सुर्यविनायक घर भएका राजु खत्री, काभ्रे तेमाल–४ का ४५ वर्षीय कान्छा लामा, तिब्बत घर भएर बौद्ध बस्ने गंगा टासी र उदयपुरको त्रियुगा घर भएकी उषा खत्री निरौला पनि छन् ।

गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ घर भएका १८ वर्षीय सायरी विकलाई पनि सीआईबीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu