Connect with us
Kapilvast Forest

साउदी अरबको राजदुतमा कपिलवस्तुका मुसलमान सिफारिस

२०८१, ११ असार सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
विभिन्न देशका लागि रिक्त रहेका ११ मध्ये सरकारले आठ मुलुकका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, डेनमार्क, मलेसिया, स्पेन र साउदी अरबका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

सरकारले इजरायल, पोर्चुगल र कतारका लागि राजदूत सिफारिस गर्न बाँकी छ ।

कानुनमन्त्री पदम गिरीले कपिलवस्तुको मायदेवी गाँउपालिका २ भैसकुण्डाका अबु सुफियान खान मुसलमानको नाम साउदी अरबका लागि सिफारिस गर्नु भएको छ ।

मुस्लिमहरुको पवित्र स्थल मक्का मदिना समेत रहेको साउदी अरबको राजदुत सिफारिस हुदा कपिलवस्तु वासी खुशी भएका छन ।
कपिलवस्तु घर भइ काठमाडौमा ब्यवसाय सन्चालन गर्दै आउनु भएका अबु सुफियान खान मुसलमान असोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट राजदुतमा सिफारिस हुनु भएको हो ।

जिल्लाका मुस्लिम अगुवा तथा जनता समाजवादी पार्टी कपिलवस्तुका संयोजक इरफान खानले साउदीका लागि राजदुत भएकोमा अबु सुफियानलाई बधाई दिनु भयो ।
इरफानले भन्नु भयो “यो हाम्रो लागि गौरवको कुरा हो हामी खुसि छौ ।”
शिवराज नगरपालिकाका युवा नेता रहिस शाहले कपिलवस्तु जिल्लाको सुफियान साउदी अरबको राजदुत सिफारिस भएकोमा आफुहरुलाई निकै खुशी महसुस भएको बताउनु भयो ।

राजदुतमा सिफारिस हुनु भएका खानले साउदी अरबमा रहेका कामदार र नेपाल हजयात्रीलाई आइ परेको समस्या समाधान गर्नु हुनेमा आफु विस्वस्त रहेको युवा नेता शाहले बताउनु भयो ।
कपिलवस्तु जिल्ला दोस्रो मुस्लिम स्मस्मु बहुल्यता भएको जिल्ला हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu