कपिलवस्तुको कृष्णनगरमा ७१ करोडको बजेट प्रस्तुत
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले ७१ करोड ४० लाख ३६ हजार बजेट ल्याएको छ । जसमा सामाजिक सुरक्षा भत्ता समावेश नगरेको नगर प्रमुख राजत प्रताप शाहले बताउनुभयो ।
नगर उपप्रमुख आरतिदेवी चौधरीले बजेट प्रस्तुत गर्दै आर्थिक विकास तर्फ १० प्रतिशत,सामाजिक विकास तर्फ १५ प्रतिशत,पूर्वधार विकास तर्फ ६० प्रतिशत बन तथा वातावरण तर्फ ८ प्रतिशत र शुसासन प्रवद्धन तर्फ ७ प्रतिशत बजेट निर्धारण गरेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले नगरको विकासको लागि अहोरात्र खटेर काम गरिरहेको बताउनुभयो । सडक,शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि लगायतलाई प्राथमिकता दिदै चालु आवमा भए गरेका कामको बारेमा सभाका सदस्यहरुलाई जानकारी गराउँनुभएको थियो ।
कृष्णनगर नगरपालिकाले जनताको चाहाना अनुसार योजना निर्माण गरेको उहाँको दावि रहेको छ । मेयर शाहले शिवराज अस्पतालको लागि ९० लाख बजेट बिनियोजन गरेको बताउनुभयो । प्रदेश र केन्द्रका योजनाहरु पनि नगरमा रहेकोले नगरलाई समृद्ध बनाउन आफु दृढ रहेको समेत जिकिर गर्नुभयो ।