कपिलवस्तु महाराजगन्जको १५औँ नगरसभामा १ अर्ब ३ करोड बजेट प्रस्तुत
सनिउल्ला धोबी-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको १५ औं नगरसभा सम्पन्न भएको छ ।
१५ औं नगरसभाले आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ३ करोड बजेट प्रस्तुत गरेको छ ।
नगर सभाले कृषि, स्वास्थ्य , शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख अब्दुल कमालले जानकारी दिनुभयो ।
नगर प्रमुख कलामले नगर सभालाई सम्बोदन गर्दै चालू आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ क्षेत्रमा उपलब्धि मुलक कार्य भएको बताउनु भयो ।
उहाले भन्नू भयो” आवश्यकताका आधारमा नगरका ५ वटा विद्यालयमा १२ कोठे भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको र १५ सैया अस्पतालको ८०% काम भएको छ ।
संघीय समपुरक योजना संचालनको लागि १ करोड ५० लाख विनियोजन र प्रदेश समपुरक प्रदेश योजना संचालनको लागि १ करोड ५लाख बिनियोजन गरेको नगर प्रमुखको भनाई रहेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत बिषयगत शाखाको लागि २ करोड बिनियोजन र वडा स्तरिय योजानहरु संचालनको लागि ५ करोड ५० लाख विनियोजन गरेको उप प्रमुख रिता कुमारी चौधरीले जानकारी दिनु भयो ।
उप प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, बहुक्षेत्रिय पोषण, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम बिकास, लैगिंक समानता तथा सामाजिक समावेशीकरणका लागि ४० करोड १३ लाख रकम पालिकाले विनियोजन गरेको बताउनु भयो ।
सामाजिक सुरक्षा भत्ता बितरणको लागि २६ करोड विनियोजन गरिएको चौधरीले बताउनु भयो ।
