कपिलवस्तु उपनिर्वाचनको तयारी पुरा
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को उप निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पूरा भएको कपिलवस्तु उप निर्वाचनको मुख्य निर्वाचन कार्यालयको सहायक निर्वाचन अधिकृत अमर वलीले बताउनु भयो ।
शुद्धोधन वडा नं १ का वडा अध्यक्ष तिलक राम यादवको निधन भएपछि कपिलवस्तुमा उपनिर्वाचन भैरहेको छ ।
कपिलवस्तु उपनिर्वाचन १४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन । जसमध्ये ४ जना स्वतन्त्र उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत अमर वलीले जानकारी दिनुभयो ।
शुद्धोधन वडा नं १ मा कुल ४ हजार ८ सय ६८ मतदाता रहेका छन । कुल ६ वटा मतदान केन्द्र तोकिएको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा कुल ३० जना कर्मचारी परिचालन गरिने कपिलवस्तु उप निर्वाचनको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
शुद्धोधन गाउँपालिका वडा नं १ मा कुल १७ टोल रहेको छ ।
शुद्धोधन गाउपालिकाको उप निर्वाचनमा जितेपछि वडाको मुहार फेर्ने स्वर्गीय वडा अध्यक्षका छोरा तथा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका दिनेश कुमार यादवले बताउनु भयो ।
कपिलवस्तुको उप निर्वाचनमा दुई जना कानुनको विद्यार्थीहरु समेत सहयोग गरिरहेका छन ।
लुम्बिनी वौद्धा विश्वविद्यालयबाट विए एलएल बि (BA LLB) का विद्यार्थी प्रबिन तिवारी र कुलदिप तिवारीले सहयोग गरिरहनु भएको छ । जिल्ला अदालत कपिलवस्तुले उहाहरुलाई उपनिर्वाचनमा खटाएको छ । =