Connect with us
Kapilvast Forest

मन्त्री राणाले भने “कपिलवस्तु मेरो घर हो, यहाँको विकासका लागि तत्पर छु”

२०८१, २५ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु-
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा ( रोज राणा )ले महाराजगंजको विकासमा प्रदेश सरकरको साथ रहने प्रतिबद्धत ब्यक्त गरेका छन । महराजगंज नगरपालिकाले थालेको सडक पुर्वाधार लगायतका नगरको योजनाहरु पुरा गर्न प्रदेश सरकारको साथ रहने उनले बताए ।

महराजगंज नगर पालिकाको सभा हलमा १६ औ नगर सभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । ‘ महराजगंज नगरपालिकामा बिकासले गति लिएका छन, सडक र पुर्वाधारका योजनाहरुमा प्रदेशले साथ दिन्छ ’ उनले भने । नगरको सुन्दरीकरण, पुर्वाधार विकासमा आफुले प्रदेश सरकारमा सक्दो कोशिश गर्ने बताए ।

उनले गनवरी देखि शान्ति नगर सम्मको थप ३ किलो मिटर सडक निर्माणमा आफुलागी पर्ने बताए । ५ किलो मिटर नगरपालिकले निर्माण गरीरहेको छ त्यसमा भारतीय सिमा सम्म पुग्न बाकी रहेको ३ किलो मिटर पुरा गर्न मन्त्रालयको हर तरहले पहल गर्ने उनले बताए । सो अवसरमा मेयर अब्दुल कलाम खाँले महराजगंजले बिगत ७ बर्ष देखि नै किचडमुक्त अभियान अन्र्गत गाउ गाउमा पक्की पिच निर्माणलाई अघि बढाएको बताए ।

आफु दोश्रो र अन्तिम कार्यकाल मेयरकारुपमा रहेकोले अब नगरको विकास नै आफनो प्रमुख ध्याय रहेको बताए । उनले १५ बेडको अस्पताल सहीत ४ वटा स्वास्थ्य चौकीका भवन उदघाट गर्ने तयारी रहेको र नगर भित्र रहेको बिद्यालयहरुको पूर्वाधार विकासमा समेत अभियान नै चलाएको उनले बताए ।

शिक्षा, स्वास्थ्य र सडक निर्माणलाई नगरले प्रमुखताकासाथ अघि बढाएका बताए । उनले न्युन आन्तरिक आयका कारण विकास निर्माणका बाधा परकोले संंघीय र प्रदेश सरकरले आफनो पालिकालाई ठोस सहयो गर्नु पर्ने उनले बताए ।

यसै बिच मन्त्री थापाले महराजगंज नगरपालिकाको निर्माणााधीन १५ बेड अस्पताल सहीतका नगर भित्र शहरी मन्त्रालयको सहयोगमा निर्माण गरिएको सडक लगायतका पुर्वाधारहरुको समेत निरिक्षण समेत गरेका छन ।