Connect with us
Kapilvast Forest

स्वर्गीय उपमेयर कुर्मी स्मृति पुरस्कारबाट पत्रकार पौडेल सम्मानित

२०८१, २५ पुष बिहीबारमा प्रकाशित

बृजेश यादव– कपिलवस्तुको बरिष्ठ पत्रकार मनोज पौडेललाई महाराजगन्ज नगरपालिकाले प्रदान गर्ने “स्वर्गीय पूर्वउपमेयर शुभावती कुर्मी स्मृति पुरस्कार”बाट सम्मानित गरेको छ ।

महाराजगन्ज नगरपालिकाले विगत तीन दशकभन्दा बढी पत्रकारिता पेशामा क्रियाशील कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार पौडेललाई सम्मान गरेको हो ।

नगरपालिकाको १६ औं नगरसभाको विशेष समारोहमा नगरपालिकाका मेयर अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीले पत्रकार पौडेललाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रदान गरिएको यो पुरस्कारले स्थानीय पत्रकारिताको प्रोत्साहन र सम्मान गरेको नगर प्रमुख अब्दुल कलामले बताउनुभयो ।

बरिष्ठ पत्रकार पौडेलले सम्मान प्राप्त गर्न पाउँदा आफू अत्यन्त गर्वित र उत्साहित भएको प्रतिक्रिया दिनुभयो । उहाँले यो सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारितामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाले शुभावती कुर्मी स्मृति पुरस्कार प्रत्येक वर्ष पत्रकारिता तथा सामाजिक सेवामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ ।