Connect with us
Kapilvast Forest

सरकारका कामको समीक्षा आवश्यक रहेको कांग्रेस महामन्त्री थापाको टिप्पणी

२०८२, २४ जेष्ठ शुक्रबारमा प्रकाशित

विराटनगर –

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका कामको समीक्षा हुनुपर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने बताएका हुन् ।‘दुई प्रमुख दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्छ,’ उनले भने, ‘सरकार गठन भएयता त्यही विश्वासले हामीले काम गरिरहेका छौं । अब सकारका कामको समीक्षा पनि गर्नुपर्छ ।’

थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे टिप्पणी नगर्ने पनि बताए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने उनको भनाइ छ ।‘अब यो अदालतको विषण भइसक्यो, त्यसैले यसमा मेरो कुनै टिप्पणी छैन,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुंगो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu