मनसुन शुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिन सरकारलाई देउवाको सुझाव
काठमाडौं –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरेका छन् ।आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरूबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,शतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू तत्काल गर्न आग्रह गरे।
उनले अब नेपाललाई विकास निर्माण नभइ दिगो विकास निर्माण चाहिएको उल्लेख गरे। बच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य भएको बताए।सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरू कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरूमा गम्भीर असर पु¥याएको बताए। यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको जिकिर गरे।