कपिलवस्तुको कृष्णनगरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

न्युजसेन्टर नेपाल– कपिलवस्तुको कृष्णनगर नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज भव्य रूपमा उद्घाटन गरिएको छ ।
राम गोरखा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको उदघाटन गर्दै पुर्व सांसद अभिषेक प्रताप शाहले खेलकुद विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको बताउनु भयो ।
नेपाली काँग्रेसका नेता समेत रहेका शाहले भन्नूभयो- “खेलकुदले अनुशासन, आत्मनिर्भरता र प्रतिस्पर्धी भावना विकास गर्छ। विद्यार्थीहरूले अध्ययनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिनुपर्छ।”
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नगरपालिकाले खेलकुद प्रवर्द्धनलाई प्राथमिकता दिइरहेको बताउनु भयो ।
मेयर शाहले स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेकाले नगरपालिकाले आगामी दिनमा खेलकुद पूर्वाधार तथा गतिविधिहरूलाई अझ मजबुत बनाउने बताउनुभयो ।
कृष्णनगर नगरपालिकाका उपमेयर आरती देवी चौधरीले प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्नुका साथै उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिक तथानिजी विद्यालयहरू गरी कुल ११ विद्यालय सहभागी भएका छन् । प्रतियोगितामा कबड्डी, भलिबल, हाइजम्प, दौड लगायत १४ विधाका खेलहरू समावेश गरिएको छ ।

