Connect with us
Kapilvast Forest

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

२०८१, १४ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं –

बार्सिलोना लिगाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति घरेलु मैदानमा ओसासुनामाथि ३–० को सहज जित निकाल्दै तीन अंकको अग्रता बनाएको हो। राफिन्हा बिना मैदान उत्रिएको बार्साका रोबर्ट लेवान्डोस्कीले बेञ्चबाट सुरुवात गरेका थिए। यो खेल क्लबका चिकित्सक कार्लेस मिनारो गार्सियाको निधनका कारण स्थगित गरिएको थियो र गएराति पुनः निर्धारित मितिमा खेलाइएको थियो।

बार्सिलोनाले उत्कृष्ट प्रदर्शन जारी राख्दै सबै प्रतियोगितामा अपराजित १९ खेलको यात्रालाई निरन्तरता दिएको छ। बार्सा २०२५ मा युरोपका शीर्ष पाँच लिगमा पराजित नभएको एक मात्र टोली हो। ११ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसको १० मिनेटपछि ओसासुनाका कप्तान सर्जियो हेरेराले फाउल गरेपछि डानी ओल्मोले पेनाल्टीमार्फत् दोस्रो गोल गरे।

ओल्मो केहीबेरमै चोटका कारण मैदानबाट बाहिरिए। तर बार्सिलोनाले खेलमाथि पूर्ण नियन्त्रण भने कायमै राख्यो। पहिलो हाफ सकिनु केहीअघि टोरेसले फ्रिकिकमार्फत बल क्रसबारमा हानेका थिए। तेस्रो गोल भने लेवान्डोस्की मैदान प्रवेश गरेपछि सम्भव भयो। विकल्पका रूपमा मैदान प्रवेश गरका लेवान्डोस्कीले अर्का सब्सिटच्युट फर्मिन लोपेजको क्रसमा हेडरमार्फत गोल गरेका थिए।

जितसँगै बार्सिलोनाले २८ खेलमा २० जित सहित ६३ अंक जोडेको छ।  समान खेलमा ६० अंकसहित रियाल म्याड्रिड दोस्रो स्थानमा छ। ३३ अंक जोडेको ओसासुना १४ औं स्थानमा छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu