Connect with us
Kapilvast Forest

अदालतमा बयान दिन चितवन पुगे रवि

२०८१, २३ माघ बुधबारमा प्रकाशित

चितवन

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान चितवन पुगेका छन् । मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि रवि बयानका लागि चितवन पुगेका हुन् । रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् । त्यहाँ उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । ‘उहाँ भेटघाटमा व्यस्त हुनुहुन्छ । अदालतमा उपस्थित हुने कि नहुने भनेर केहीबेरमा निर्क्यौल हुन्छ,’ भुसालले भने । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले पनि रवि अदालतमा उपस्थित हुनेबारे औपचारिक पत्र प्राप्त नभइसकेको बताए । ‘बयानका लागि अदालतमा उपस्थित हुने भनेर उहाँ (रवि लामिछाने)बाट जानकारी प्राप्त भइसकेको छैन,’ विश्वकर्माले भने, ‘उपस्थित भएमा बयान सुरु हुन्छ ।

चितवनको साहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको थियो । दिउँसो रविविरुद्ध मुद्दा दर्ता भएको थियो भने बेलुका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काज सरुवा भएको थियो ।रविको बयान आज सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu