Connect with us
Kapilvast Forest

ठमेलमा प्रहरी कुट्ने एमालेका दुई विद्यार्थी नेता पक्राउ, मुख्य योजनाकार कमल जोशी फरार

२०८१, २७ माघ आईतवारमा प्रकाशित

काठमाडौ

ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा एमालेका दुईजना विद्यार्थी नेता पक्राउ परेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अस्कलक्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष दिनेश सिग्देल र अर्का रमेश फुलारा रहेका छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत रहेका छन् ।

उनीहरुले ठमेलमा  ड्युटीमा खटिएको दरबारमार्गस्थित केशरमहल बिटको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो ।आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।

कुटपिटका मुख्य योनजनाकार अनेरास्ववियुकै स्थायी कमिटी सदस्य तथा अस्कलको पूर्वस्ववियु सभापति कमल जोशी भने फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu