Connect with us
Kapilvast Forest

ट्रम्पलाई मेन्सन गर्दै बालेनले लेखे– अमेरिका अल्छीहरूको देश हो

२०८१, ९ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् ।

उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् ।

उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’

बालेनको स्टाटस अनुसार, नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ । उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका छन् ।

साथै, उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गरेका छन् ।

उनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन् ।

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ । कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu