अर्घाखाँचीको भूमिकास्थान १० लिसेपानीमा चट्याङ लागेर एक जनाको मृत्यु
अर्घाखाँची-
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नं १० लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको छ । मृतक घर्ती आफ्नै घरको बाहिर बसिरहेको बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका थिए ।
चट्याङबाट बेहोस भएका घर्तीलाई धनचौर प्रहरी चौकीले उद्धार गरी जिल्ला अस्पताल पठाएको थियो । अस्पताल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक जगनाथ मरासिनीले बताएका छन । चट्याङबाट मृतक घर्तीको घरको भित्तामा समेत क्षति भएको प्रहरीले जनाएको छ ।