Connect with us
Kapilvast Forest

उदयपुरको सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भत्कियो

२०८१, २७ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं –

उदयपुरको कटारी नगरपालिका(२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको छ ।बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको स्थानीयले बताएका छन् ।‘२० दिन अघि मात्रै उक्त पुल ढलान गरिएको थियो । रातिको बाढीले टेका बगाएपछि पुल लच्किएको छ,’ उदयपुरका एसपी हरिहरनाथ योगीले  भने ।

मिर्चैया – कटारी – घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको हो ।मिर्चैया (कटारी – घुर्मी सडक योजना कार्यालयमार्फत सूर्या एन्ड सन्स इटहरीले उक्त पुल निर्माणको जिम्मा लिएको थियो ।बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस ९ बक्स अर्डर ० पुल २९ असार २०७९ मा सम्झौता भएको थियो ।

उक्त पुल सहित ४ वटा पुल २९ असोज २०८२ मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।२ सय ५० मिटर लामो ४ वटा पुल सम्पन्न गर्ने गरी २८ करोड ९९ लाख ५२ हजारमा सम्झौता भएको महतोले जानकारी दिए ।उक्त आयोजनाले सिमानपुर, ताराघारी, खोक्सा र गिद्दबर गरेर जम्मा ४ वटा पुल निर्माणको जिम्मा लिएको थियो ।७ चैतमा उक्त पुलमा ढलान गरिएको थियो टेको भासिँदा स्ल्याब ढलेको हो । बीच बोर्डरमा केवल हुने हुँदा २८ दिनमा मेसिनले तानेर लक गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र लोड लिन्छ,’ इन्जिनियर महतोले भने, ‘बाढीका कारण टेकाले आफ्नो स्थान छाड्दा पुल लच्किन पुगेको हो ।’

उनका अनुसार अहिलेको संरचना हटाएर अर्को पुल बनाउनु पर्ने हुन सक्छ ।निर्माण सम्पन्न नहुँदै पुल भाँचिएपछि स्थानीय आक्रोशित बनेका छन् । सरकारी निकायको लापरबाहीले पुल भाँचिएको स्थानीय नवराज बास्तोलाले बताए ।समय समयमा पुलको अनुगमन गरिको भए आज यो अवस्था नआउने उनको आरोप छ ।कमसल निर्माण सामग्री प्रयोग भएकै कारण पुल भत्किएको हुन सक्ने आशंका स्थानीयको छ ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu