Connect with us
Kapilvast Forest

कपिलवस्तुमा जिरो टिल प्रबिधिद्धारा गरिएको गुह खेती राम्रो भए पछि कृषकहरु खुशी

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु-
नमुनकारुपमा जिरो टिल ( शुन्य खनजोत ) प्रबिधिद्धारा गरिएको गहु खेती राम्रो भए पछि कृषकहरु खुशी भएका छन । गत मंसिरमा नेपाल ग्रामीण पुर्नमाण संस्था (आरआरएन ) नामक संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिका ६ कृषकले नमुनाकारुपमा जिरो टिबाट गहु छरेका थिए । गहुको बाटो सप्रेको तथा दाना समेत ठुलो लागेर सुरु देखि नै कृषकहरु मख्ख परेका थिए । गत मंसिर १५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ औरहिया कृषक बलराम यादवले जिरो टिलबाट खेतमा गहुु छर्ने कुरा गर्दा परिवार र छिमेकीहरुले नलाउन सुझाव दिएका थिए । तर परिवार र छिमेकीको कुरा नसुनेर उनले यस बर्ष ५ कठ्ठामा भए पनि जिरो टिलबाट गहु छरेका थिए । ‘ गहु छर्दा नै परिवार र छिमेकीले नलाउन सुझाव दिएका थिए। तर एक पटककालागि ५ कठ्ठा भए पनि लगाएर हेरे ’ उनले भने । अहिले जिरो टिलबाट लागएरका गहु धरै राम्रो भएको उनले बताए । किनार मै खनजोत गरी पुरानै प्रबिधिले लागएर र जिरो टिलबाट गरिएको गहुको बाला निकै फरक देखिएको उनले बताए । गहुको बोटा र दाना राम्रो भएकोले अहिले धेरै खुशी लागेको छ । उनले खनजोत भन्दा जिरो टिलबाट गहुको उत्पादन बढी भएकोले धेरे खुशी लागेको बताए । परिवार र छिमेकीहरु समेत यस्तो देख्दा दंग परेको उनले बताए । जिरो टिलको किनार मै खनजोत गरेर छरिएको गुहु भन्दा ८० प्रतिशत बढी उत्पादन भएको उनले बताए । उत्पादन बढी भए पनि स्थानीय कृषकहरु समेत आउने बर्ष देखि जिरो टिलबाटै गहु खेती गर्ने बताउछन । यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ अरौरामा कृषक रामदास यादवले गत मंसिरमा ११ कठ्ठा खेतमा जिरो टिलबाट लगाएको गहु समेत अहिले राम्रो भएको छ । गहुको दाना र ठाड समेत राम्रो देखिए पछि उनी उत्साहीत भएका थिए । उनले खनजोत भन्दा जिरो टिल प्रबिधि राम्रो लागेको बताए ।खनजोत नगरी सिधै गुह र मल एक साथ खेतमा हाल्दा लागत समेत कम लागेको उनले बताए । लागत कम र उत्पादन समेत बढी हुदा आफुलाई निकै फाईदा भएको उनले बताए । जिरो टिलबाट गहु खेती गरेका कृषकहरुले खनजोत भन्दा यो प्रबिधिबाट ८० प्रतिशत बढस् उत्पादन भएको बताए । नमुनाकारुपमा जिरो टिलबाट लागइएको गहु खेतीको जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे नगरपालिकाका कृषि शाखा प्रमुख भगवानदास गुप्ताले अनुमगन र निरीक्षण समेत गरेका छन । जिल्ला समन्वय समिति प्रमख आचार्यले जिरो टिल गरिएको गहु खेती राम्रो भएको बताए । उनले कृषकलाईृ प्रबिधिसंग जोडेर उत्पादन बढाउनु पर्ने बतए । वडाध्यक्ष प्रकाश गैरेले जिरो टिल प्रबिधि उत्तम देखिएको बताए । उनले कृषकहरुले आउने बर्षका यही प्रबिधिमा खेती गनुृ पर्ने बताए ।

आरआरएनका परियोजना संयोजक गान्धिराज शर्मा वाग्लेले बिएमजेड तथा डब्लु एचएचको आथिृक तथा प्राबिधिका सहयोगमा आरआरएन र किड्स सहयोगमा संचालित महिला सशक्तिकरण द्धारा खाद्य तथा पोषण सुरक्षा प्रबद्र्धन परियोजना अन्र्गत ६ कृषकलाई नमुनाकारुपमा जिरो टिल प्रबिधि मार्फत गहु खेती गर्न प्रोत्साहीत गरेको बताए । कृषकहरुलाई आधुनिक प्रबिधि तर्फ उन्मुख गरी खर्चमा कटौती गरी उत्पादनमा बृद्धि गर्न यो प्रबिधि नमुनकारुपमा ल्याएको बताए । यो प्रबिधि गहु तथा मकै लसुन खेतीकागि उपयुक्त रहेको उनले बताए ।

यो प्रबिधिले गहु खेती गर्दा लागत मात्र कम नभै माटोको गुणस्तरीयता समेत कायम हुने उनले बताए । यसले जलवायु परिवर्तनले हुने असर कम गर्ने बताए । जिल्लामा अधिकांस कृषकले खेत खनजोत गरेर मात्र गहु लगाउने गरेका छन । फारवार्ड र कालिका स्वालम्बन सामाजिक केन्द्रको सहयोगमा समेत केही स्थानमा जिरो टिलबाट गत मंसिरमा गहु लगाइएको थियो । कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले एकदमै सामान्य लेयर बनाएर त्यसैमा गहु र मल राख्ने भएकाले यसमा खनजोतको रकम बच्ने बताए । उनले कपिलवस्तुमा यो प्रबिधि उपयोगी हुने बताए । अहिले जिरो टिलबाट गहु खेती राम्रो भएको उनले बताए ।उनले सामान्य खनजोत मै गहु छर्ने भएकाले लागत मसते कटौती हुने र उत्पादन समेत बढी हुने भएकाले कृषकहरुलाई फाइदा हुने बताए । पानी र बिउ समेम कम लाग्ने, रोटाभेटका प्रयोग समते कम हुने भएकाले माटो बीग्रनबाट जागीने भएकाले लागत समेत घटाउने भएकाले यो प्रबिधि जिल्लामा उपयक्त भएको उनले बताए । कपिलवस्तुमा ३१ हजार बढी हेक्टरमा गुहु खेती गरिएको छ । बाणगंगा आदित्य, जि.क १ जि.क २ लागतयका प्रजातिहरु यहा लागइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu