Connect with us
Kapilvast Forest

रुपन्देहीमा नदीमा ३ बालक बेपत्ता

२०८२, ८ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं –

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा ३ जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।बेपत्ता हुनेहरूमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् ।

बेपत्ता बालकहरूको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको छ ।उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजे बेपत्ता भएको बताइएको छ ।बेपत्ता भएको थाहा पाउनासाथ पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज खटिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu