Connect with us
Kapilvast Forest

जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेको भिडियोको आधारमा सोधपुछका लागि प्रहरीले बोलायो

२०८२, १८ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं –

जनता समाजवादी पार्टी जसपा नेपालकी केन्द्रीय नेत्री डा। बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।बुधबारर सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाको उक्त पेस्तोल समाएको देखिन्छ ।

पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कर्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेको उनले बताए । भिडिओ सार्वजनिक भएपछि सिंहलाई बोलाइएको उनको भनाइ छ । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउला’, एसपी ढकालले भने ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu