Connect with us
Kapilvast Forest

भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि गम्भीर हुन सरकारलाई बिश्व प्रकाश शर्माको चेतावनी

२०८२, २६ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौ –

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि गम्भीर पहल गर्न माग गरेका छन्।भारत र पाकिस्तानमा नेपालीहरू अध्ययन, श्रम र व्यवसायमा रहेको उल्लेख गर्दै महामन्त्री शर्माले उनीहरूको जीवन युद्धले जोखिममा पर्ने भएकोले अविलम्ब गम्भीर पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।

‘भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन् l युद्धले जोखिममा पर्दैछ तिनको जीवन। कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदीप न्यौपाने मारिएको स्मरण गर्दै प्रधानमन्त्रीज्यू, त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्,’ महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

पछिल्लो समय भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको छ। गए राति पनि भारत र पाकिस्तानबीच ड्रोन र मिसाइल हानाहान भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu