Connect with us
Kapilvast Forest

रोल्पामा श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

रोल्पा –

रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन्। बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो ।

स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी परेको हुन्। वडा अध्यक्ष राजकुमार पुरीले रोकाको घरमा श्राद्धमा एक सय ५० जनाले खाना खाएका थिए। त्यसमध्ये एक सय १० जना बिरामी परेको जानकारी दिनुभयो।बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्‍याइएको थियो।

प्रहरीका अनुसार हालसम्म एक सय दुई जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य आठ जनालाई जिल्ला अस्पताल रेउघा रोल्पामा रेफर गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो। बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu