Connect with us
Kapilvast Forest

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान स्थगित, संसद्को मोर्चालाई सशक्त पार्ने रणनीति

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

नेकपा माओवादीले केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित भएको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई २१ जेठदेखि निरन्तरता दिने निर्णय गरेको थियो। तर मनसुनी वर्षाका कारण हुन सक्ने जोखिम, यातायात व्यवसायीको सम्भावित हड्ताल र संसद्मा चलिरहेको विवाद लगायतका कारण हाललाई अभियान स्थगित भएको जानकारी पार्टी हेडक्वाटरबाट आएको नेता हितबहादुर तामाङले बताए।

भिजिट भिसा प्रकरणमा मुछिएका गहृमन्त्री रमेश लेखकको राजीनामालाई विपक्षीहरूले बटमलाइन बनाएका छन्। यससँगै प्रधानमन्त्रीको जवाफ तथा छानबिन आयोग बनाउनुपर्ने भन्दै उनीहरूले सदन अवरुद्ध पार्दै आएका छन्। प्रमुख प्रतिपक्षी माओवादीले पार्टीको अभियानलाई पछाडि धकेर संसद्को मोर्चालाई सशक्त पार्ने रणनीति लिएकाे हाे।

माओवादीले तराई मधेश जागरण अभियान सकाएर जेठ २ गतेदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान थालेको थियो। सो अभियान पोखरमा पुगेपछि स्थगन गरिएको थियो । अब अभियान भदौतिर मात्रै सञ्चालन हुने अवस्था बनेकाे पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता तामाङले जानकारी दिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu