Connect with us
Kapilvast Forest

सांसदहरूलाई ओलीको निर्देशन संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन् ।‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू ९विपक्षी० कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने । संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए ।

‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला’, ओलीले भने, ‘म भन्न चाहन्छु, यस्तो नचाहिदा कुरामा संसद रोकेर देशलाई बर्वाद पार्ने काम गर्न हुँदैन ।’ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए ।

‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा । केही तथ्य प्रमाण केहीले छोएको छैन । एउटा कर्मचारीलाई बोलाएर सोध्यो भनेको भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कसैको माग्यो, नभए संसद् अवरोध यस्तो हुँदैन ।’संसद् अवरोध गर्ने कार्य प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक भएको पनि उनले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu