Connect with us
Kapilvast Forest

मितेरी सहकारी ठगी प्रकरण : ज्योतिबहादुर भण्डारीका दुई-दुई वटा नागरिकता र राहदानी

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं-

कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध नागरिकता र राहदानीमाथि पनि छानबिन हुने भएको छ ।दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यस विषयमा पनि छानबिन हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बताएको छ ।उनको नाममा कास्की र बर्दियाबाट दुई फरक(फरक नागरिकता र राहदानी लिएको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता युवराज खड्काले बताए ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी लामो समयदेखि फरार हुँदै आएका थिए । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो ।यो सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरुको समेत गरी करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङमार्फत सहकारीको रकम लिएर घोटाला गरेको आरोप छ । उक्त रकम उनले क्रिप्टोमार्फत विदेश पुर्‍याएको प्रहरीले आशंका गरेको छ ।

मितेरकिो महाप्रबन्धक समेत रहेकी ज्योति गुरुङमार्फत लिएको उक्त रकम सुरुमा थाइल्याण्ड लगेर भण्डारी त्यही बसोबास गरेको पाइएको प्रहरीले बताएको छ ।आफूले अपचलन गरेको रकम फिर्ता गरिदिने भन्दै ह्वाट्स एपमार्फत मितेरी सहकारीका पदाधिकारीसँग कुराकानी गरेको पाइएको पनि प्रहरीले बताएको छ ।

भण्डारीले मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकको शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै ह्वाट्स एपमार्फत टोकनको फोटा पठाएको प्रहरीले बताएको छ । तर रकम भने नभई झुक्याएको प्रहरीले बताएको छ ।त्यो रकम लिन उल्टै कसिमन तिर्छु भन्दै ठगी गर्न खाजेको पाइएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu