Connect with us
Kapilvast Forest

१६६ कृषकलाई अनुदानमा स्प्रे ट्यांकी वितरण

२०८२, ५ असार बिहीबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ मा कृषि उत्पादनमा प्रविधिको पहुँच बढाउने उद्देश्यले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरिएको छ। वडा कार्यालयको पहलमा १६६ जना कृषकलाई उक्त स्प्रे ट्यांकी वितरण गरिएको हो।

वडा अध्यक्ष नसिम अहमद खाँका अनुसार कृषकहरूको खेती प्रणालीमा प्रविधिको प्रयोग आवश्यक रहेकोले वडा कार्यालयले पहल गर्दै यो कार्यक्रम सञ्चालन गरेको हो।
उनका अनुसार कीटनाशक छर्न, मल छर्ने तथा विभिन्न कृषिजन्य कामहरूमा स्प्रे ट्यांकी अत्यन्त उपयोगी हुने भएकाले कृषकहरूको माग अनुसार वितरण गरिएको हो।

कार्यक्रममा सहभागी कृषकहरूले यस्तो सहयोगले उनीहरूको काममा सहजता ल्याउने भन्दै वडा कार्यालयलाई धन्यवाद दिएका छन्। कार्यक्रममा वडा सदस्य, प्राविधिक कर्मचारी तथा स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu