Connect with us
Kapilvast Forest

क्षतिपूर्ति र कारबाहीले त्रासमा चिकित्सक, पलायन हुने खतरा बढ्यो

२०८२, १६ असार सोमबारमा प्रकाशित

काठमाडौँं –

बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै पछिल्ला केही दिनयता उपभोक्ता अदालतले चिकित्सक तथा अस्पताललाई क्षतिपूर्ति भराउन दिएको आदेशले चिकित्सा क्षेत्र त्रासमा छ। चिकित्सकहरूले चिकित्सक भगवान् नभई चिकित्सा विज्ञान अध्ययन गरेका बिरामीको परीक्षण गर्ने पेसाकर्मी मात्र भएकाले क्षतिपूर्ति माग गर्ने हो भने आफ्नोमा उपचार गराउन नआउन सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन्।

शनिबार बिहान मिर्गौला काम नलाग्ने भएर डायलासिस गराइरहेृका बिरामी बुटवलबाट एम्बुलेन्समा पुल्चोकस्थित एक स्वास्थ्य संस्थामा आएका थिए। उनलाई तत्काल मनमोहन कार्डियाक सेन्टरमा प्रेषण गरियो। उनलाई हृदयाघातको लक्षण थियो। मनमोहनले पुनः पुल्चोकमै फर्काइदिएपछि निदान अस्पतालको आइसियुमा शनिबार बिहान उनको निधन भयो। यो घटनाले चिकित्सक अब गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न पर सर्दै छन् भन्ने देखाउँछ। पछिल्ला केही दिनयता उपभोक्ता अदालतले उपचारमा लापर्बाही गरेको ठहर गर्दै अस्पताल तथा चिकित्सकलाई क्षतिपूर्ति भराउने फैसला गर्दै आएको छ।

उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पताललाई १७ लाख १५ हजार सात सय र त्यहाँ कार्यरत चिकित्सक डा. सञ्जीव त्रिपाठीले ४० लाख तीन हजार ३०० रुपैयाँ बेहोर्नुपर्ने आदेश दियो। यस्तै उपभोक्ता अदालतले गत बिहीबार उपचारका क्रममा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै ज्ञानेश्वरस्थित हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न चिकित्सकलाई एक करोड ४५ लाख रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। अदालतबाट अस्पतालले एक करोड एक लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको थियो।

यस्तै केही दिनअघि मात्र चावहिलस्थित ओम अस्पताल र अस्पतालका चिकित्सकलाई समेत क्षतिपूर्ति तिराउने आदेश दिएको थियो। ओम अस्पतालमा कार्यरत दुई चिकित्सकले तीन लाख पाँच हजार र अस्पतालले ५६ लाख ८१ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतले फैसला गरेको थियो।  चिकित्सक तथा सम्बद्ध संस्थाहरूले उपभोक्ता अदालतले अस्पताल र चिकित्सकले बेहोर्नै नसक्ने गरी क्षतिपूर्ति रकम तोक्दै जाने हो भने चिकित्सक पलायन हुने तथा समग्र स्वास्थ्य सेवामा असर पर्ने बताएका छन्। नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की अदालतको फैसला अवैज्ञानिक, अदूरदर्शी रहेको तर्क गर्छन्।  नक्कली सुन बेच्नेलाई कारबाही गरे जस्तो अस्पताल र चिकित्सकलाई गरेको उनको गुनासो छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu