Connect with us
Kapilvast Forest

कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग

२०८२, २८ असार शनिबारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् ।

उनीहरुले केन्द्रीय समितिको बैठक बसेको समयमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी छलेर कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय भइसकेको अवस्थामा गठबन्धनकै विषयलाई लिएर अहिले अनुशासनको डण्डा चलाइनु खोटपूर्ण रहेको उनीहरुको भनाइ छ ।

दोहोरो मापदण्ड र पूर्वाग्रही रुपमा कारबाही गरिएको भन्दै उनीहरुले गुटगत आधारमा गरिएको यो निर्णयले पार्टीलाई थप कमजोर बनाउने बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu