Connect with us
Kapilvast Forest

सम्पर्क कार्यालय खोल्न विद्यादेवी भण्डारीले लिइन् चारतले घर

२०८२, २३ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौँ –

सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घर भाडामा लिएकी छिन् । भण्डारीले नयाँ बानेश्वर नजिक थापागाउँमा रहेको चारतले भवन भाडामा लिएकी हुन् ।२०४८ सालमा मदन भण्डारीले काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालय राखेकै घरमा विद्याले सम्पर्क कार्यालय खोल्न लागेको उनीनिकट एक नेताले बताए। उक्त घर पूर्वउपमेयर विदुर मैनालीको भएको बताइएको छ ।

विद्या भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने मदन भण्डारी हिरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि उक्त भवन भाडामा लिएको दाबी गरे ।एमाले अध्यक्ष केपी ओलीको अनिच्छाकाबिच भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । सो घोषणापछि एमालेले उनको सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेर पार्टीमा रोक्ने प्रयास थियो । तर पनि विद्याले आफ्नो गतिविधि नछाडेकी हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu