Connect with us
Kapilvast Forest

शिवराजको टोली दर खान अर्घाखाँचीको नरपानीमा, मेयरदेखि अन्तर्राष्ट्रिय संस्था विवादमा

२०८२, ६ भाद्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरप्रमुख अजय थापा फेरि विवादमा तानिएका छन ।

नगरपालिकाले भदौ ४ गते उमरीमा २ लाख रुपैयाँ खर्चेर गरेको दर खाने कार्यक्रम सर्वत्र आलोचित बनेको ३ दिनपछी मेयर थापा नेतृत्वको टोली अर्घाखाँचीको नरपानी पुगेको छ ।

‘स्थानीय नेतृत्वमा आधारित अनुकूल अनुकूलनका लागि नगरपालिका स्तरीय क्रिएसन कार्यशाला गोष्ठी’ नाम दिइएको कार्यक्रममा दर खाने कार्यक्रम मुख्य आकर्षण बनेको सहभागीहरूले बताएका छन ।

नगरपालिकाको नाममा गरिएको कार्यक्रम वास्तविकतामा “दर खाने महाभोज” भन्दा बढी केही नभएको उक्त गोष्ठीमा सहभागी भएका एक जनप्रतिनिधिले आरोप लगाए ।

यसपटक कार्यक्रमलाई शिवराज नगरपालिका, युके इन्टरनेसनल डेभलपमेन्ट‘रैन’ नामक संस्था को सहकार्यमा आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागिता भएका एकजनाले भने गोष्ठी होला भनेर लिएर आएको यहाँ त कार्यक्रम अर्कै पो रहेछ । उक्त कार्यक्रममा महिला सहभागिता शुन्य रहेको एक वडा अध्यक्षले।जानकारी दिए ।

तर विकासका नाममा आउने सहयोग रकम खानपिनमा खर्च गर्ने प्रवृत्तिले अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका समेत शंकास्पद बनाएको स्थानीय सरोकारवालाको टिप्पणी छ ।
एक सरोकारवालाले भने, “शिवराजको बजेट मात्र होइन, विदेशी संस्थाको पैसा समेत भट्टी झैँ दर खानेमा खर्च गरिन्छ भने विकासका कुरा केमा खोज्ने ?”

कार्यक्रममा नगरप्रमुख थापा र उनका नजिकका आसेपासे मात्र हैन, आयोजक संस्थाका प्रतिनिधिहरू पनि ‘रमाइलो’ मा सहभागी भएको खुलेको छ ।

यसरी विकास शीर्षकमा आएका रकम दर खानेमा सकिँदा अब अर्थ मन्त्रालय र संसदको लेखा समितीको ध्यानाकर्षण आवश्यक भएको माग बढेको छ ।

स्थानीयले खुलेआम प्रश्न उठाएका छन् —
“करदाताको पैसा खाने, संस्थाको पैसा खाने, अनि गोष्ठीको नाममा ढाकछोप गर्ने ? यो त सरासर दुरुपयोग हो । अर्थ मन्त्रालय र लेखा समितीले तत्काल छानबिन गर्नुपर्छ ।”

यसअघि उमरीमा भएको दर खाने कार्यक्रममाथि चौतर्फी आलोचना भएपछि नयाँ स्थान र नयाँ आवरणमा गरिएको यो गतिविधिले अझै शंका बढाएको छ ।

जनताले विकासका काम देख्न नसकेर आक्रोश पोखिरहेका बेला, नगरप्रमुख र संस्था मिलेर ‘दर खाने नाटक’ गर्नुले शिवराज नगरपालिकाको नेतृत्व र संस्थाको पारदर्शिता नै प्रश्नचिन्हमा परेको देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu