Connect with us
Kapilvast Forest

‎नागरिकको सुरक्षा नै पहिलो प्राथमिकता ः एसपि संतोष आचर्य

२०८२, १३ आश्विन सोमबारमा प्रकाशित

देवेन्द्र पाण्डे,कपिलबस्तु-
भर्खर सरुवा भई आएका कपिलवस्तुका प्रहरी उपरिक्षक सन्तोष आचार्यले नागरिकको सुरक्षा नै आफुहरुको पहिलो प्राथमिकता रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जेन्जी आन्दोलन पछि कारागारबाट कैदीबन्दी फरार हुदा गाउ देखि शहर सम्म त्रास बढेको बेला उनले नागरिकहरुको जीउ धनको सुरक्षा आफ्नो पहिलो कर्तव्य रहेको बताए ।

‘जेन्जी आन्दोल पछि उत्पन्न परिस्थितिले गाउ गाउमा त्रास बढेको, गाउ र टोलमा आफै पहर दिने गरेका छन, यो राम्रो कुरा हो ’ उनले भने ‘ हामीले सकेजति प्रहरी परिचालन गरेका छौ, नागरिकसंग मिलेर काम गर्न तयार छौ ’ । उनले आफुहरुलाई घटनाको सुचना दिने आग्रह गरे ।

उनले शान्ति सुरक्षा दिन प्रतिबद्ध रहेको बताए । उनले लागु औषध बिरुद्ध आफु निम्राम भएर लाग्ने बताए । उनले कोरोवारी र सेवन गर्ने दुबैलाई पक्राउ गर्न हरसंभव प्रयास गर्ने बताए । उनले मुर्ति बिसर्जनका बेला हुन सक्ने संभावित घटनालाई रोक्न संचारकर्मीले समेत साथ दिनु पर्ने बताए ।

उनले मुर्ति बिर्सजनका बेला ड्रोन सहीत निग्रानी गर्ने र साम्प्रदायिक भावना बिथोल्नेमाथी कारबाही गरिने बताए । उनले कपिलवस्तु कारागारबाट भोगको कैदी बन्दी मध्ये अब केवल १ सय ७५ जना मात्र पक्राउ गर्न बाकी रहेको बताए ।

यस्तै तस्कारी नियन्त्रणमा समेत आफुले ठोस कदम चाल्ने र त्यसका लागि आफुलाई सु्चना दिन समेत आग्रह गरे । सो अवसरमा प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले भदौ महिनाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले प्रहरीले गर्ने कुनै पनि राम्रो काममा पत्रकारहरुको साथ रहने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu