Connect with us
Kapilvast Forest

राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा शुभकामना आदानप्रदान सम्पन्न

२०८२, १३ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत चन्द्रौटामा राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिको आयोजनामा प्रशिक्षण तथा शुभकामना भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम समिति उपाध्यक्ष मोहन विकको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केर सिंह अदैले जेनजी आन्दोलन, हालको राजनीतिक परिस्थिति तथा राष्ट्रिय जनमोर्चाको नीतिगत धारणाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले विगतमा ठूला दलहरूले राष्ट्रिय जनमोर्चाको नीति र कार्यक्रमको उपेक्षा गरेकै कारण आज देशले राजनीतिक र आर्थिक संकट व्यहोर्नुपरेको दाबी गर्नुभयो । साथै, देशले निकास पाउन अब ठूला दलहरू पनि राष्ट्रिय जनमोर्चाको नारामा आउनुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा जातीय समता समाजका केन्द्रीय सदस्य राम बहादुर विक, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसी लगायतका वक्ताहरूले वैदेशिक हस्तक्षेप र हालको राष्ट्रिय संकटबारे धारणा राख्नुभएको थियो ।

त्यसैगरी, कार्यक्रममा राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिकाका अध्यक्ष गोविन्द परिवार, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचिव राम बहादुर बुढाथोकी, अखिल नेपाल जनजाति सम्मेलन शिवराज नगर समितिका उपाध्यक्ष तारा घर्ति, मैत बहादुर सुनारलगायतको पनि विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख वक्ता अदैका अनुसार, विजय दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा राष्ट्रिय जनमोर्चाले कपिलवस्तुको ३ नं क्षेत्रअन्तर्गत शिवराजमा ७ वटा, विजय नगरमा २ वटा, कृष्णनगरमा १ वटा र महाराजगंजमा १ वटा कार्यक्रम आयोजना गर्ने योजना रहेको छ ।

आजको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नागराज योगीले गर्नुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu