Connect with us
Kapilvast Forest

विद्यालयको नाममा ‘भाग्यशाली चिठ्ठा’ : शिक्षण संस्था कि जुवाखाना ?

२०८२, १६ कार्तिक शनिबारमा प्रकाशित

न्युजसेन्टर नेपाल
कपिलवस्तुको बुद्धभुमी नगरपालिका गोरुसिङ्गे स्थित गौतम बुद्ध नमूना माध्यमिक विद्यालयले शैक्षिक भ्रमण सहयोगार्थको नाममा विद्यार्थी मार्फत भाग्यशाली चिठ्ठा बिक्री सुरु गरेको छ ।

विद्यालय प्रशासनकै स्वीकृतिमा चलाइएको यो कार्यले अहिले अभिभावक, शिक्षक तथा स्थानीय समुदायमा कडा आलोचना भएको छ ।

रु. १०० को दरमा वितरण गरिएका कुपनहरूमा पहिलो पुरस्कार स्मार्ट टिभी, दोस्रो पुरस्कार मोबाइल, तेस्रो सिलिण्डर पंखा, चौथो राइस कुकर जस्ता भौतिक वस्तु राखिएका छन् ।

विद्यालयकै प्रांगणमा चिठ्ठा खोल्ने तयारी गरिएको जनाइएको छ ।विद्यालयकै नाम लेखिएको रसिदमा दशैं, तिहार, छठ २०८२ सालको भग्याशाली कुपन विद्यालय कै प्रगंणमा खोलिने समेत स्पष्ट उल्लेख गरिएको छ ।
तर, शिक्षण र नैतिकता सिखाउने ठाउँबाटै यस्तो ‘भाग्य खेल’ र ‘सट्टाबाजी’ शैलीको कार्यक्रम सञ्चालन हुनु अत्यन्त लाजमर्दो कार्य भएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् ।

एक अभिभावकले भने “विद्यालयले पढाउने होइन, अब त जुवा खेलाउने काम थालेको छ । अरूले विद्यार्थीलाई ज्ञान दिन्छन्, यहाँका शिक्षकले त भाग्य बेचिरहेका छन् ।”

शिक्षा ऐन र आचारसंहिता अनुसार कुनै पनि विद्यालयले लटरी, चिठ्ठा, वा जुवातास सरहको गतिविधि सञ्चालन गर्न नपाउने प्रष्ट व्यवस्था छ । यस्तो कार्यक्रम अघि बढाउँदा विद्यालय प्रशासनले न त नगरपालिका शिक्षा शाखाको स्वीकृति लिएको देखिन्छ, न त प्रदेश शिक्षा निर्देशनालयलाई जानकारी दिएको ।

विद्यालय प्रशासनले नियम विपरीत यस्तो आर्थिक गतिविधि किन र कसको अनुमति बिना गर्‍यो ?
विद्यार्थीलाई नै चिठ्ठा बेच्न लगाउनु के नैतिक शिक्षाको हिस्सा हो ? नगरपालिका र शिक्षा शाखा किन मौन छन् ? गोरुसिङ्गेका आम नागरिक विच प्रश्न उब्जिएको छ

स्थानीय बुद्धिजीवीहरूको भनाइमा, “शिक्षक र विद्यालय प्रशासनले नै नियम तोड्दा विद्यार्थीमा कस्तो शिक्षा पुग्छ ? यस्तो अभ्यासले शिक्षा प्रणाली नै दूषित बनाउँछ।”

यसबीच विद्यालयका प्रधानाध्यापक शिशिर अर्यालसग कुराकानी गर्दा यस विषयबारे आफूहरूलाई पछि मात्र जानकारी भएको बताउनु भयो ।
प्रधानाध्यापक अर्यालका अनुसार, “कक्षा १२ का केही विद्यार्थीहरूले नाममा चिठ्ठा चलाएका रहेछन् ।”

उहाले विद्यालय प्रशासनबाट औपचारिक निर्णय गरिएको छैन । यो कसरी खोलिएको हो भन्नेबारे अनुसन्धान गरिने बताउनु भयो ।

विद्यालयको नाम दुरुपयोग गरेर यस्तो गरिएको छ भने, सम्बन्धित व्यक्तिमाथि कडा कारबाही गरिनेछ प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu