२ घण्टादेखि शेरबहादुर देउवा र शेखर कोइरालासहितको छलफल जारी
काठमाडौं –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालासहित नेताहरूको छलफल जारी छ ।कोइरालाको सचिवालयका अनुसार पार्टीलाई एकढिक्का कसरी बनाउन सकिन्छ भन्नेबारे नेताहरूबीच छलफल जारी छ ।छलफलमा कोइराला, देउवासँगै सहमहामन्त्री जीवन परियार र डा मिनेन्द्र रिजाल पनि सहभागी छन् ।देउवालाई भेट्न कोइरालासहितका नेता साढे १ बजे महाराजगञ्ज पुगेका थिए ।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन आह्वान गरेसँगै देउवासहितका नेताहरू त्यसलाई रोक्न लागिपरेका छन् । शेखर भने दुई पक्षलाई मिलाउने भन्दै छलफल गरिरहेका छन् ।विशेष महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ ।