सौन्दर्य हेर्न र संस्कृति बुझ्न चखेवा भञ्ज्याङ(तस्विरहरु)
काठमाडौँ –
खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङ पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। प्राकृतिक सौन्दर्य, साँस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारले यस क्षेत्रलाई पर्यटकका लागि सहज गन्तव्य बनाएको हो।
समुद्री सतहबाट दुईहजार ३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न चाहने पर्यटकको रोजाइमा परेको छ। चखेवा क्षेत्रलाई संस्कार, संस्कृति र सभ्यताको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने टेम्केमैयुङ गाउँपालिकाको योजना छ।
चखेवा भञ्ज्याङ मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्रविन्दुमा पर्छ, जसले गर्दा यस क्षेत्रको पर्यटकीय महत्त्व झनै बढेको छ। गाउँपालिकाले बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माणका लागि केन्द्र सरकारबाट करिब ३ करोड रुपैयाँको बजेटसमेत सुनिश्चित गरिसकेको छ।
गाउँपालिकाले ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधारस् टेम्केमैयुङ विकासको आधार’ भन्ने नारा तय गरेको छ।
हेर्नुहोस् तस्विर-









