Connect with us
Kapilvast Forest

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

२०८२, १८ माघ शनिबारमा प्रकाशित

काठमाडौं –

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’

विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको भन्दै उनले भविष्यमा पनि हेर्ने आश्वासन दिए ।संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको काखको जिल्ला भएकाले सोलुखुम्बुमा कसले जित्छ भनेर संसारको चासो रहेको प्रचण्डले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu